Filter
डाटा वर्ग
डाटासेट प्रकार
ट्यागहरु
Show All
94 डाटासेटहरु
यो तथ्याङ्कमा पशु शाखा देखि भएको पहिलो त्रैमासिक विवरण देखाएको छ, जसमा कार्यक्रमको विवरण (कृत्रिम गर्भाधान मिसन कार्यक्रम, रेविज रोग नियन्त्रण कार्यक्रम आदि ) र लाभग्राहिको संख्या (बर्षिम ६०० के.जी, जै २५० के.जी (लेकवेशी वडा नं.१,२,३,४,६,७,८,९,१०) मा वितरण आदि जस्ता विवरण हरू समेटिएको छ ।
यो डेटा लेकबेशी नगरपालिकाका किसानहरूले विक्री गरेको दुध उत्पादनको विवरण समेट्छ। यो २०८१-०८२ सालको श्रावण, भाद्र, र असोज महिनाको विक्री गरिएको दुधको मात्रालाई लिटरमा प्रस्तुत गर्दछ। साथै, किसानहरूको नाम, ठेगाना, र जम्मा विक्री गरिएको दुधको कुल परिमाण पनि समावेश गरिएको छ।
लेकवेशी नगरपालिकाको नगर स्वास्थ्य शाखा देखि अआएको यस तथ्याङ्कले २०८१-०८२ मा भौतिक तथा वित्तिय प्रगति प्रतिवेदन समावेश गरिएको छ ।
यो डाटासेटले आर्थिक वर्ष २०८०/८१ र चालु आर्थिक वर्ष २०८१/८२ अन्तर्गत न्यायसम्बन्धी मुद्दाहरूको संख्या, पेशीको विवरण, छलफल संख्या, अन्तिम फछ्र्यौट, बाँकी रहेका मुद्दा, र पुनरावेदनको स्थिति जस्ता महत्वपूर्ण जानकारी समेटेको छ। डाटाले न्यायसम्बन्धी प्रक्रियाको प्रगति र स्थिति बुझ्न सहयोग पुर्याउँछ।
यस डाटासेटमा विभिन्न मुद्दाहरू (जग्गा सम्बन्धी, लेनदेन, श्रीमान-श्रीमती, आदि) का दायरी संख्या, फर्छौट भएका मुद्दा, र हालसम्म बाँकी रहेका मुद्दाहरूको विवरण समावेश गरिएको छ। यसमा मुद्दाको किसिम अनुसार कैफियत पनि दिइएको छ, जसले मुद्दा फर्छौट प्रक्रियाबारे स्पष्ट जानकारी दिन्छ।
उद्योग तथा व्यवसाय प्रवर्द्धन शाखाबाट आ.व.२०८१/०८२ प्रथम चौमासिकमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम, स्थानीय बजार अनुगमन र उद्योग तथा व्यवसाय दर्ता नविकरण तथा अन्य प्रशासनिक कार्यहरुको समष्टिगत विवरणहरु
आ.व २०८१/०८२ को पहिलो त्रैमासिक विवरण
यो डेटा लेकवेशी नगरपालिकामा कार्यरत २०७८-०७९ र २०८०-०८१ को स्वास्थ्य शाखाका कर्मचारीहरूको विवरण सम्बन्धित छ। यसमा प्रत्येक कर्मचारीको नाम, पद, श्रेणी/तह, सम्पर्क नम्बर, स्वीकृत दरबन्दी लगायतका विवरणहरू समावेश गरिएका छन्, जसले नगरपालिकाको स्वास्थ्य सेवामा संलग्न जनशक्तिको व्यवस्थापनमा मद्दत पुर्याउँछ।
यस डाटासेटले आर्थिक वर्ष २०८०-०८१ मा लेकवेशी नगरपालिकाको स्वास्थ्य सेवाहरूको जानकारी प्रदान गरको छ । यसमा क्षयरोग DOTS केन्द्रहरू, HTC केन्द्रहरू, माइक्रोस्कोपी केन्द्रहरू, SBA (दक्ष जन्म परिचर) तालिम प्राप्त स्वास्थ्यकर्मीहरू, र सुरक्षित गर्भपतन सेवा केन्द्रहरू जस्ता स्वास्थ्य सेवा केन्द्रहरूको संख्यामा मात्रात्मक डेटा समावेश छ। प्रत्येक प्रविष्टिले नगरपालिकामा उपलब्ध सेवाको प्रकार र सम्बन्धित गणनाहरू सूचीबद्ध गरेको छ ।
लेकवेशी नगरपालिकाको सामान्य जनसांख्यिकीय जानकारी (आर्थिक वर्ष 2080-81) शिर्षकको यो तथ्याङ्क स्वास्थ्य शाखा देखि आएको हो । जसमा जम्मा वडा संख्या, जम्मा जनसंख्या, अनुमानित जिवित जन्म संख्या, १ बर्ष मुनिको जनसंख्या, १२देखी २३ महिना सम्म, ५ बर्ष मुनिको जनसंख्या, १५-४९ बर्षका विवाहित महिला, अनुमानित गर्भवति संख्या, पूर्ण खोप सुनिस्चितता घोषणा भएका वडा संख्या,स्थानिय तहले सुचिकृत गरेको सुरक्षित गर्भपतन सेवा लागु भएको संस्था संख्या, पूर्ण संस्थागत प्रसूती भएका वडा संख्या, पोषण मैत्री स्वास्थ्य संस्था संख्या, पूर्ण सरसफाई, घोषणा भएका वडा संख्या, सुरक्षित खानेपानी योजना लागु भएका संस्था, स्वास्थ्य संस्था नभएका वडा संख्या आदि कुराहरुकाे समावेश गरेकाे छ ।